दुर्गा प्रसाईँलाई थप ५ दिन हिरासतमा राख्न अदालतको अनुमति

२०८१ मंसिर ९, आईतवार

काठमाडौँ : व्यवसायी दुर्गा प्रसाईँलाई थप ५ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ। आज जिल्ला अदालत काठमाडौँका न्यायाधीश कमला पौडेलको इजलासले प्रसाईँलाई थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई लाञ्छित गर्ने गरी नक्कली कागजात तथा श्रव्यदृश्य सामग्री उत्पादन गरी सामाजिक सञ्जालमा फैलाएको प्रसाईँमाथि आरोप छ। उनीमाथि विद्युतीय कारोबारसम्बन्धी (साइबर क्राइम) कसुरमा मुद्दा चलाउने तयारी छ।

सरकारी वकिलको रोहबरमा उनको बयान भइसकेको छ। प्रसाईँलाई मंसिर ४ गते भक्तपुरस्थित उनकै निवासबाट केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले नियन्त्रणमा लिएर साइबर ब्युरोलाई जिम्मा लगाएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार