जाजरकोटमा एमाले उम्मेदवार बोहोरा सवार गाडी तोडफोड

२०८१ मंसिर १३, बिहीबार

जाजरकोट : जाजरकोटमा एमाले उम्मेदवार सुनिता बोहोरा सवार गाडी तोडफोड भएको छ ।

बिहीबार साँझ  बोहोरा सवार गाडी तोडफोड भएको हो । नलगाढ–१ चिउरीमा घरदैलो कार्यक्रमको सिलसिलामा ७ः १५ बजे उनी सवार गाडीमा  ढुंगा प्रहार भएको हो।  एमाले केन्द्रिय सदस्य तथा भेरी नगरपालिकामा मेयर सीपी घर्तीले  बोहोरा सवार गाडी तोडफोड भएको जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी निरिक्षक हरि डाँगीले पनि उम्मेदवार बोहरा चुनाव प्रचार प्रसारमा निस्किएका बेला गाडीमा ढुंगा प्रहार भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार