पशुपतिनाथमा कवच, मुकुट, नागमणि र एकमुखे रुद्राक्ष प्रदर्शन

२०८१ मंसिर १४, शुक्रबार

काठमाडौँ : पशुपतिनाथको भण्डारमा रहेका कवच, मुकुट, नागमणि र एकमुखे रुद्राक्ष प्रदर्शन गरिएको छ।

प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण त्रयोदशी र औँसीका दिन पशुपतिनाथमा कवच, मुकुट, नागमणि र एकमुखे रुद्राक्ष नागरिकलाई देखाउने चलन अनुसार आज बिहान देखाइएको पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिए । मार्ग शीर्ष कृष्ण औँसीका अवसरमा यही मङ्सिर १६ गते बिहान पनि अर्को वर्षका लागि सुरक्षित राखिँदै छ भनी आममानिसलाई देखाउने परम्पराअनुसार यो देखाउने कार्यक्रम रहेको उनले बताए।

पशुपति क्षेत्रमा पशुपतिनाथको कवच, मुकुट, नागमणि र एकमुखे रुद्राक्ष हेर्न हजारौँ भक्तजनको घुइँचो लागेको थियो । नेपाल प्रहरी, सशस्त्र प्रहरी र कोषका सुरक्षाकर्मीको सहयोग लिएर पशुपतिनाथको कवच, मुकुट, नागमणि र एकमुखे रुद्राक्ष आज बिहान प्रदर्शन गरिएको थियो ।

मार्ग शीर्ष कृष्ण त्रयोदशीका दिन देशभरबाट धेरै भक्तजन दिवङ्गत पितृका नाममा बत्ती बाल्न आउने अवसर पारेर पशुपतिनाथको कवच, मुकुट, नागमणि र एकमुखे रुद्राक्ष देखाउने परम्परा सुरु भएको कोषले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार