रामेछाप दुर्घटनामा आमाछोरीले नै गुमाए ज्यान

२०८१ मंसिर १४, शुक्रबार

काठमाडौं : काठमाडौंबाट रामेछापको बेतालीतर्फ जाँदै गरेको ना १ ज ७१२३ नम्बरको जिप दुर्घटनामा मृत्यु भएका पाँचमध्ये चार जनाको पहिचान खुलेको छ ।

जिल्ला प्रहरी कार्यालय, रामेछापका अनुसार मृत्यु हुनेमा दुई पुरुष, दुई महिला र एक बालिका छन् । दुर्घटनामा परेर गोकुलगंगा गाउँपालिका–४ का वडाध्यक्ष रामचन्द्र बस्नेतसहित पाँच जनाको निधन भएको जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी इन्सपेक्टर विक्रम खड्का मगरले जानकारी दिए ।

सोही दुर्घटनामा आमाछोरीले पनि ज्यान गुमाएका छन् । गोकुलगंगा गाउँपालिका–५ का ३० वर्षीया कविता कार्की र उनकी सात वर्षीया छोरी स्वस्तिका खड्काको मृत्यु भएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार