गगनले आरजुलाई भ्रष्टाचार मुद्दामा पक्राउ गर्न दबाब दिएको खुलासा

२०८१ मंसिर १५, शनिबार

काठमाडौं : नेकपा (माओवादी केन्द्र) का प्रभावशाली युवा नेता विश्वदिप पाण्डेले प्रचण्ड नेतृत्वको सरकार हुँदा गगन थापामाथि कांग्रेस सभापति शेरबहादुर देउवाकी पत्नी डा. आरजु राणा देउवालाई पक्राउ गर्न दबाब दिएको खुलासा गरेका छन् । उनले गगन थापाले आरजुलाई पक्राउ गरिहाल्न पर्यो बरु प्रमाण जुटाउन आवश्यक परे सहयोग गर्छु भनेर हप्तामा एकपटक नभएर दुई दुई पटक माओवादी नेता र मन्त्रीहरुलाई अनुरोध गरेको खुलासा गरेका हुन् ।

प्रचण्डले कांग्रेसलाई प्रधानमन्त्री बनिदिनपुर्यो भनेर खबर पठाउने गरेको गगन थापाले खुलासा गरेको भोलिपल्टै माओवादी नेता पाण्डेले यस्तो दाबी गरेका हुन् ।

पाण्डेले सामाजिक सञ्जाल एक्समा लेखेका छन्-

हिजो माओवादी नेतृत्वको सरकार हुँदा आरजुलाई भ्रष्टाचार मुद्दामा तपाईंहरूले ‘पक्राउ गरिहाल्न पर्‍यो बरु प्रमाण जुटाउन आवश्यक परे म पनि सहयोग गर्छु’ भन्दै हप्तामा एक हैन २/२ पटक माओवादी नेता र मन्त्रीहरूलाई अनुरोध गर्ने मेरा आदरणीय दाइ गगन थापा नै हो । यो कुरा म गगन थापासँग नै आँखा जुधाएर भन्न सक्छु । राजनीतिमा अनेक प्रसंगमा अनेक कुरा हुन्छन् दाजु, भोलि तपाईंले नै कमरेड प्रचण्डलाई प्रधानमन्त्री अब तपाईं नै बनिदिनुपर्‍यो भन्ने दिन पनि आउँछ । शुभचिन्तक भएकोले भन्दैछु – सस्तो लोकप्रियताको लागि बाहिर अनावश्यक कुरा उचित हुँदैन होला दाजु !

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार