बिजुलीको पोलमा मोटरसाइकल ठोकिँदा चालकको मृत्यु

२०८१ मंसिर १६, आईतवार

कैलाली : कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

प्रहरीका अनुसार दुर्घटनामा जानकी गाउँपालिका-१ का ३५ वर्षीय विमल डगौँरा थारुको मृत्यु भएको हो।  जिल्ला प्रहरी कार्यालयका अनुसार लम्कीचुहा नगरपालिका-१ टीकापुर लम्की सडकखण्डमा मोटरसाइकल दुर्घटना भएको हो। शनिबार साढे १० बजे थारुले चलाएको सु.प.प्र.०१–०११ प ४७०४ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर बिजुलीको पोलमा ठोक्किएर नालामा पल्टिएको हो।

दुर्घटनामा गम्भीर घाइते थारुको लालरत्न अस्पताल लम्कीमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार