बीआरआई सहकार्य फ्रेमवर्क महत्त्वपूर्ण प्रस्थानबिन्दु : पूर्वपरराष्ट्रमन्त्री ज्ञवाली

२०८१ मंसिर १६, आईतवार

काठमाडौँ : पूर्वपरराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपाली कांग्रेस र नेकपा एमालेको सहमतिमा तयार पारिएको ‘बीआरआई सहकार्य फ्रेमवर्क’लाई नेपाल-चीनबीच विकास साझेदारी र बाह्य सम्बन्धमा एकीकृत धारणा निर्माण गर्ने महत्त्वपूर्ण प्रस्थानबिन्दु भनी टिप्पणी गरेका छन्।

सत्ता साझेदार प्रमुख दुई दलबीच सहमति कायम गरी परराष्ट्र मन्त्रालयले ‘बीआरआई सहकार्य फ्रेमवर्क’ प्रस्ताव चीनलाई बुझाएको भोलिपल्ट पूर्वमन्त्री ज्ञवालीले यस्तो टिप्पणी गरेका हुन्। उनी नेकपा एमालेका उपमहासचिव पनि हुन्।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘फ्रेमवर्क अन बीआरआईमा सहमति निर्माण गर्न सफल हुनुभएकोमा सम्माननीय प्रधानमन्त्री र नेकां सभापति मा. शेरबहादुर देउवालाई बधाइ! यो चीनसँग नेपालको विकास साझेदारी नयाँ उचाइमा उठाउने र बाह्य सम्बन्धमा सिंगै राष्ट्रको एकीकृत धारणा निर्माण गर्ने महत्त्वपूर्ण प्रस्थानबिन्दु हो।’

चिनियाँ परियोजना (बीआरआई) कार्यान्वयन सम्झौताका सम्बन्धमा नेपालले चीनलाई आफ्नो तर्फबाट अन्तिम प्रस्ताव बुझाएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार