नेपाल प्रहरीका ४५५ जना वरिष्ठ हवल्दारमा बढुवा सिफारिस

२०८१ मंसिर १८, मंगलवार

काठमाडौं : नेपाल प्रहरीका ४५५ जना प्रहरी हवल्दार वरिष्ठ हवल्दारमा बढुवा भएका छन् । सोमबारको बढुवा समितिको बैठकले जनपद प्रहरी समूहतर्फका ४५५ हवल्दारहरुलाई प्रहरी वरिष्ठ हवल्दारमा बढुवा सिफारिस गरेको हो ।

बढुवा सिफारिस सूची प्रहरी नियमावली, २०७१ (संशोधन सहित)को नियम २७ को उपनियम (४) अनुसार प्रकाशित गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । बढुवा हुनेमा नवराज सुवेदी, सन्तोष खड्का, यम बहादुर कार्की, खिम बहादुर गुरुङ्, रिता ओझा, दिना नाथ गेलाललगायतका व्यक्तिहरु रहेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार