बढ्यो सुनचाँदीको मूल्य

२०८१ मंसिर १८, मंगलवार

काठमाडौं : मंगलबार छापावाल सुनको मूल्य १ हजार रूपैयाँले बढेको छ ।

सोमबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ४९ हजार ३ सय रूपैयाँ कायम भएकोमा आज १ हजार रूपैयाँले बढेर १ लाख ५० हजार ३ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सोमबार चाँदीको मूल्य प्रतितोला १८ सय १५ रुपैयाँ कायम भएकोमा आज ३० रूपैयाँले बढेर १८ सय ४५ रूपैयाँ कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1

ताजा समाचार