मंसिर २३ गते सार्वजनिक बिदा

२०८१ मंसिर १८, मंगलवार

जनकपुरधाम : बाराको महागढीमाई नगरपालिकामा लाग्ने पञ्चवार्षिक गढीमाई मेलाको अवसरमा मंसिर २३ गते आइतबार प्रदेश सरकारले सार्वजनिक बिदा घोषणा गरेको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले विश्वप्रसिद्ध गढीमाई मेलाको विशेष पूजा हुने मंसिर २३ गते सार्वजनिक तथा सरकारी निकायका लागि बिदा घोषणा गरेको हो ।

मुख्यमन्त्री सतिशकुमार सिंहले प्रति लाखौँको सँख्यामा श्रद्धालु भक्तजनहरूको गहिरो आस्था र दृढ विश्वास रहँदै आएकाले र प्रदेशको धरोहरको रूपमा स्थापित गढीमाई मेलामार्फत घरेलु पर्यटन विकासलाई थप बलियो बनाउने गरी बिदा घोषणा गरिएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
1
+1
1
+1
1
+1
5
+1
1
+1
2

ताजा समाचार