काठमाडौँ : चीनको चारदिन लामो भ्रमण सम्पन्न गरी प्रधानमन्त्री केपी शर्मा ओली चीनबाट स्वदेशका लागि उडेका छन्। ओली नेतृत्वको टोली नेपाली समय अनुसार विहान पौने ९ बजे बेइजिङ्गबाट नेपाल उडेको हो।
प्रधानमन्त्री ओलीलाई चीनका उप परराष्ट्रमन्त्री सुन बेइदोङले बेइजिङ क्यापिटल अन्तर्राष्ट्रिय विमानस्थलमा विदाइ गरेका छन्। ओली नेतृत्वको टोली नेपाली समय अनुसार अपरान्ह साढे २ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौं आइपुग्ने छ। चीनको चारदिन लामो भ्रमण सम्पन्न गरी प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फर्कन लागेका हुन्।





