१६ अंकले घट्यो नेप्से, ८ अर्ब ३६ करोडको खरिदबिक्री

२०८१ मंसिर २०, बिहीबार

काठमाडौँ : सेयरबजारमा आज ८ अर्ब ३६ करोड रुपैयाँको सेयर किनबेच भएको छ।

नेपाल स्टक एक्सचेन्जका अनुसार सूचक १५.९३ अंकले घटेको दिन १ करोड ६७ लाख कित्ता सेयर बिक्री हुँदा उक्त कारोबार भएको हो। आज ४० वटा सेयर बढ्दा २०१ वटाको मूल्य घटेको र ३ वटाको अघिल्लो मूल्यमा कारोबार भएको छ।

बिहीबार खानीखोला हाइड्रोपावर, सुपरमादी हाइड्रोपावर, मानुषी लघुवित्तलगायतको सेयर बढे पनि सपोर्ट माइक्रोफाइनान्स, नेपाल फाइनान्सलगायतको सेयर मूल्य घटेको छ।

सर्वाधिक कारोबारतर्फ नेपाल फाइनान्स अगाडि छ। कम्पनीको ४२ करोडको सेयर कारोबार भएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार