नेपाल प्रहरीका पाँच एसपी एसएसपीमा बढुवा

२०८१ मंसिर २१, शुक्रबार

काठमाडौं : नेपाल प्रहरीका पाँच प्रहरी उपरीक्षक (एसपी) प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मा बढुवा भएका छन् ।

प्राविधिक तर्फको एसएसपीमा सिफारिस भएका उनीहरुलाई गृहमन्त्री रमेश लेखकले शुक्रबार बढुवाको निर्णय गरेका हुन्। प्राविधिक एसएसपीमा डा. केदार खड्गी, डा. छन्दबहादुर बुढाथोकी, डा. पवन कुमार राय, डा. सुवर्ण कुँवर र श्याम कुमार मण्डल बढुवा भएका छन् । बढुवाको निर्णय भएलगतै शुक्रबार नै प्रहरी प्रधान कार्यालयमा दर्ज्यानी चिन्ह पनि प्रदान गरिएको छ ।

प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले एक समारोहबीच दर्ज्यानी चिन्ह लगाइदिएका हुन् । जनपदतर्फ २० जना एसएसपीको पद रिक्त भए पनि बढुवा सिफारिस हुन सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार