एमाले सचिवालय बैठक मङ्गलबार बस्दै

२०८१ मंसिर २२, शनिबार

काठमाडौँ : नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले मङ्गलबार केन्द्रीय सचिवालय बैठक बोलाएको छ।

पार्टी केन्द्रीय कार्यालय सचिव डा. भीष्म अधिकारीका अनुसार बैठक मङ्सिर २५ गते दिउँसो ४ बजे ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा बस्ने छ।

बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको चीन भ्रमण, उपनिर्वाचन र समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ। रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार