३ थान भरुवा बन्दुकसहित एक जना पक्राउ

२०८१ मंसिर २२, शनिबार

रामेछाप : रामेछाप प्रहरीले भरुवा बन्दुकको नाल सहित एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा खाडाँदेबि गाउँपालिका १ कुलेडाँडाका ५४ वर्षका नन्दलाल श्रेष्ठ रहेका छन् । उनले आफ्नो घरमा ३ थान एक नाले बन्दुक र १ सय २५ ग्राम बारुद जस्तो देखिने धुलो राखेको प्रहरीले जनाएको छ । श्रेष्ठलाई प्रहरीले बिहीबार उनकै घरबाट पक्राउ गरेको हो ।

उनलाई हात हतियार तथा खरखजाना शीर्षकमा मुद्दा दायर गरी जिल्ला अदालत रामेछापबाट म्याद थप गरेर थप अनुसन्धान भई रहेको रामेछाप प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार