पूर्वराजा ज्ञानेन्द्र शाहद्वारा बागेश्वरी मन्दिरको दर्शन

२०८१ मंसिर २२, शनिबार

नेपालगन्ज : नेपालगन्जलाई बेस बनाएर पश्चिम नेपालको भ्रमणमा रहेका पूर्वराजा ज्ञानेन्द्र शाहले शनिबार परिवारका साथ बागेश्वरी मन्दिरको दर्शन गरेका छन् ।

गत एक हप्तादेखि नेपालगन्जमा रहेका पूर्वराजा शाह परिवारसहित पश्चिम नेपालकै प्रसिद्ध धार्मिक आस्थाको केन्द्र बागेश्वरी मन्दिरको दर्शन गर्न पुगेका हुन्। सो अवसरमा पूर्व राजा शाहलाई मन्दिरका मूल महन्त चन्द्रनाथ योगीले मन्दिर दर्शन गराउँदै पूजा गराएको थिए। सो अवसरमा पूर्व राजा शाहलाई भेट्न ठुलो संख्यामा स्थानीय बागेश्वरी मन्दिरमा पुगेको राष्ट्रिय प्रजातन्त्र पार्टीका सहमहामन्त्री ऋषिराज देवकोटाले बताए।

पूर्वराजा ज्ञानेन्द्र शाह, पत्नी कोमल शाह, छोरी प्रेरणा र भतिजी सिताष्मासहित पश्चिम नेपालको भ्रमणका लागि नेपालगन्ज आएका हुन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार