धादिङ : पृथ्वी राजमार्गस्थित कृष्णभीरबाट ग्याँस बोकेको बुलेट त्रिशूली नदीमा खसेको छ ।
एनएल ०२ एल ३९०७ नम्बरको ग्याँस बोकेको भारतीय गाडीको पछाडिको भाग त्रिशूली नदीमा खसेको हो । घटनाबारे थप विवरण आउन बाँकी छ । घटनास्थलमा प्रहरी पुगिसकेको धादिङका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले बताए ।
ग्याँस बुलेट बगाएर ५० मिटर परसम्म पुगेको छ भने सम्भावित जोखिम नियन्त्रणका लागि प्रहरीले काम थालेको छ ।





