त्रिशूलीमा खसेको ग्यास बुलेटका चालक भेटिएनन्, खोजी गर्दै प्रहरी

२०८१ मंसिर २३, आईतवार

काठमाडौँ : पृथ्वी राजमार्गमा पर्ने धादिङको बेनीघाट रोराङ गाउँपालिका-२ स्थित कृष्णभीरबाट आज बिहान ग्यास बोकेको बुलेट त्रिशूली नदीमा खस्दा चालक बेपत्ता भएका छन्।

श्रीराम ग्यास बोकेको एनएल ०२ एल ३९०७ नम्बरको ग्याँस बुलेट आइतबार बिहान कृष्णभीरबाट त्रिशूलीमा खसेको हो। दुर्घटनामा परेको बुलेटका चालक भारतको बरुनी बस्ने अन्दाजी ४५ वर्षका पंकज कुमारको अवस्था अज्ञात रहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।

ग्यास बुलेट चितवनबाट काठमाडौँतर्फ जाँदै गर्दा दुर्घटनामा परेको प्रहरीले जनाएको छ। दुर्घटनामा परेको बुलेटका चालकको खोजी भैरहेको जिल्ला प्रहरी कार्यालय चितवन प्रहरी प्रवक्ता भेषराज रिजालले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार