चितवनले सुदूरपश्चिमलाई दियो १६५ रनको लक्ष्य

२०८१ मंसिर २३, आईतवार

काठमाडौं : नेपाल प्रिमियर लिगमा चितवन राइनोजले सुदूरपश्चिम रोयल्सलाई १६५ रनको लक्ष्य दिएको छ । टस जितेर सुरुमा ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १६४ रन जोड्यो । चितवनका लागि हसन इसाखिल सर्वाधिक ६५ रन जोडे ।

उनले ५२ बलमा ६ चौका र ३ छक्का प्रहार गरे। त्यस्तै रवि बोपाराले १८ बलमा समान २ छक्का र चौकाको मद्दतमा ३६ रन जोड्दा बिपिन रावलले १७, कुशल मल्लले १३ तथा सन्तोष कार्कीले ९ रन जोडे ।

बलिङमा सुदुरपश्चिमका स्कट कुगेलेइनले २, कप्तान दीपेन्द्रसिंह ऐरी, ब्रान्डन म्याकमुलेन र सैफ अली जैबले एकएक विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार