झापा : प्रधानमन्त्री केपी शर्मा ओलीले केही दिनपछि भारत भ्रमणमा जाने बताएका छन् ।
आइतबार गृहजिल्ला झापाको दमकमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् । ‘हामी देश बनाउँछौँ । कर्णालीमा पुल बन्ने भएको छ । चीन भ्रमणबाट थुप्रै कुराहरू भएका छन् । अब मान्छेहरूले पत्याएका छैनन् होला । म केही समयपछि भारत भ्रमणमा पनि जान्छु,’ उनले भने ।
प्रधानमन्त्री ओलीले आफ्नो चीन भ्रमण सफल भएको पनि बताएका छन् ।





