काठमाडौं : मुक्तीनाथ बिकास बैंकले कृषि क्षेत्रका ३ जना पत्रकारलाई पुरस्कार प्रदान गर्ने भएको छ ।
बैंकले एक सूचना जारी गर्दै कृषि क्षेत्रसँग सम्बन्धित अनुसन्धानात्मक लेख रचना तथा खोजमुलक श्रब्य दृश्य समाचार प्रकाशित गरी पत्रकारिता मार्फत व्यवसायिक कृषि उद्यमशीलता बिकासमा टेवा पुर्याउने कार्य गरेका तीन जना पत्रकारलाई सम्मान गर्न लागेको हो ।
इच्छुक पत्रकारले आगामी पौष ९ गतेभित्र आवेदन दिनुपर्ने बैंकले जनाएको छ । पुरस्कारको रकम ३५ हजार, २५ हजार र १५ हजार तोकिएको छ ।






