जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै

२०८१ मंसिर २९, शनिबार

काठमाडौं : जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक बिहान ११ बजे बस्न लागेको छ ।

पार्टी केन्द्रीय कार्यालयमा मंसिर २८ र २९ गतेका लागि बोलाइएको बैठकमा समसामयिक राजनीतिक विषय, पार्टीले सञ्चालन गरेको चार महिने संगठन निर्माण अभियान र स्थानीय तहको उपनिर्वाचनको समीक्षालगायतका कार्यसूचिमा छलफल भइरहेको छ ।

बैठकमा पार्टी अध्यक्ष उपेन्द्र यादवद्वारा प्रस्तुत कार्यसूचिमाथि केन्द्रीय कार्यकारिणी सदस्यहरुले आ–आफ्नो धारणा राख्ने क्रम जारी रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार