घट्यो सुनको मूल्य

२०८१ पुष ५, शुक्रबार

काठमाडौं : नेपाली बजारमा शुक्रबार (आज) सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा ५०० रुपैयाँले घटेर कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज छापावाल सुन प्रतितोला एक लाख ४८ हजार ५०० रुपैयाँमा खरिद–बिक्री भइरहेको छ । बिहीबार छापावाल सुन प्रतितोला एक लाख ४९ हजार रुपैयाँमा किनबेच भएको थियो ।

चाँदीको मूल्य पनि २० रुपैयाँले घट्दै प्रतितोला एक हजार ७६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार