महिला अण्डर १९ एसिया कप : खेल ११ ओभरमा छोट्याइयो, नेपालले पहिले ब्याटिङ गर्दै

२०८१ पुष ५, शुक्रबार

काठमाडौं : वर्षाले अवरुद्ध भएको नेपाल र बंगलादेशबीचको यु–१९ महिला एसिया कपको खेल ढिलो गरी सुरु भएको छ । वर्षा रोकिएपछि खेल स्थानीय समयअनुसार ३ बजेर ४० मिनेट (नेपाली समय १ बजेर २५ मिनेट) मा सुरु भएको हो ।

आजको खेलमा नेपालले टस हारेर पहिले ब्याटिङको निम्तो पाएको छ । खेल ११ ओभरमा छोट्याइएको छ ।

नेपालका लागि यो खेल जित्नैपर्ने दबाब छ । समूह चरणको समेत अंक गणना हुँदा नेपाल नेट रनरेटमा पछि परेको छ । अंक भने नेपाल र बंगलादेश दुवैको समान ४ छ । यो खेल जितेमा नेपाल फाइनलमा पुग्नेछ । फाइनल आइतबार हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार