राप्रपा केन्द्रीय कार्यसम्पादन बैठक आज पनि बस्दै

२०८१ पुष ६, शनिबार

काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्दैछ। अध्यक्ष राजेन्द्र लिङ्देनले पेस गरेका छलफलका एजेण्डामा बहस नसकिएपछि आज पनि बैठक बस्न लागेको हो। बैठक १ बजे बोलाइएको छ।

पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा हिजो शुक्रबारदेखि सुरु भएको बैठकमा समसामयिक राजनीतिक परिस्थितिको समीक्षा, स्थानीय तह उपनिर्वाचनको समीक्षा र पार्टीको स्थानीय तहको अधिवेशनका विषयमा छलफल चलिरहेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार