ट्याक्टर दुर्घटनामा सहचालकको मृत्यु, चालक घाइते

२०८१ पुष १०, बुधबार

प्युठान : प्युठानको ऐरावती गाउँपालिका–५ बालिबिसौनामा ट्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ भने चालक घाइते भएका छन् ।

मङ्गलबार साँझ गोठिवाङ्ग खोलादेखि ढुङ्गा बोकेर मल्लरानी –३ चौरपानीतर्फ जाँदै गरेको रा. १ त. ४४४५ नम्बरको  ट्याक्टर दुर्घटना हुँदा ऐरावती–२, तेस्रापाटाका सहचालक २७ वर्षीय बिजय साप्कोटाको मृत्यु भएको प्रहरी निरीक्षक निरन्जन रिजालले जानकारी दिए ।

दुर्घटनामा सोही ठाउँका चालक २३ वर्षीय शान्तबहादुर रावत घाइते भएका छन् । घाइते चालकको जिल्ला अस्पताल बिजुवारमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार