विकासका लागि कांग्रेसले जति काम अरु कुनै पार्टीले गरेको छैन : सिटौला

२०८१ पुष १०, बुधबार

काठमाडौँ : नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले मुलुकको विकासका लागि नेपाली कांग्रेसले जति काम अरु कुनैपनि पार्टीले नगरेको टिप्पणी गरेका छन्।

बुधवार काठमाडौँमा आयोजित नेपाली कांग्रेसको १०० दिने पार्टी सुदृढीकरण कार्यक्रममा बोल्दै नेता सिटौलाले सबैजसो परिवर्तनको नेतृत्व नेपाली कांग्रेसले गरेको जिकिर गरे।‘ ८० वर्षको इतिहासमा कति ठिक, कति बेठिक भएको होला तर समग्रमा हामीले मूल्यांकन गर्ने हो भने जनताको अधिकारको लागि, देशको विकासको लागि, जनताको आर्थिक प्रगतिको लागि नेपाली कांग्रेस पार्टीले जे जति काम गरेको छ अरु कुनैपनि पार्टीले त्यति काम गरेको छैन।’

उनले संविधान सभाको कुरा नेपाली कांग्रेसले २००७ साल मै उठाएको दाबी गरे। नेपाली कांग्रेसकै पहलमा जनताले प्रथम जननिर्वाचित प्रधानमन्त्री पाएको र निरंकुश राणा शासनको अन्त्य भएको समेत सिटौलाको भनाइ छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार