शोभा पाठकलाई साधारण तारेखमा छाड्न अदालतको आदेश

२०८१ पुष ११, बिहीबार

काठमाडौं : शोभा पाठकलाई काठमाडौं जिल्ला अदालतले साधारण तारेखमा छाड्न आदेश दिएको छ ।

पाठकलाई बिहीबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश ध्रुवराज कार्कीको इजलासले  साधारण तारेखमा छाड्न आदेश दिएको हो । सामाजिक सञ्जालमार्फत आफ्नो बेइज्जत गरेको भन्दै राजकुमार त्रिपाठीले उनीविरुद्ध निवदेन दिएपछि पाठक १ पुसमा पक्राउ परेकी थिईन्  ।

प्रहरीको अनुसन्धान प्रतिवेदनको आधारमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले उनीविरुद्ध साइबर कसुरको आरोपमा  जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको थियो । उनीविरुद्ध विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गतको कसुरमा एक लाख रुपैयाँसम्म जरिवाना र ५ वर्षसम्म कैदको माग गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1

ताजा समाचार