काठमाडौं : न्याय परिषद्ले २५ न्यायाधीशको सरुवा सिफारिस गरेको छ।
शुक्रबार बसेको न्याय परिषद् बैठकले विशेष अदालतका एक सदस्य, उच्च अदालतका आठ र जिल्ला अदालतका १६ न्यायाधीशको सरुवा सिफारिस गरेको हो। विशेष अदालतमा काजमा रहेका न्यायाधीश डा. खुसीप्रसाद थारुको उच्च अदालतको वीरगन्ज इजलासमा सरुवा सिफारिस भएको छ। त्यस्तै उनको ठाउँमा उच्च अदालत पाटनका न्यायाधीश बिदुर कोइरालालाई तोक्न पनि सिफारिस गरिएको छ।
त्यस्तै काजमा राजस्व न्यायाधीकरण काठमाडौंमा रहेका न्यायाधीश रमेश ढकाललाई उच्च अदालत तुलसीपुर बुटवल इजलासमा सरूवा सिफारिस गरिएको छ।





