कुटपिटबाट ५३ वर्षीय गोपालीको मृत्यु

२०८१ पुष १३, शनिबार

मकवानपुर : मकवानपुरको थाहा नगरपालिका –१० स्थित मुलगाउँमा कुटपिटबाट एक जनाको मृत्युभएको छ । आगो ताप्ने क्रममा सामान्य विवाद भई कुटपिटले घाइते भएका स्थानीय ५३ वर्षीय हिराकाजी गोपालीको मृत्युभएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

सोमबार राति ८ः०० बजेको समयमा हिराकाजीलाई स्थानीय ४७ वर्षीय जयराम गोपालीले मदिरा सेवनगरी आगो ताप्ने क्रममा सामान्य विवाद भई कुटपिट गरेपछि हिराकाजीको टाउकोमा चोट लागेको थियो । उपचारका लागि काठमाडौँ लगिएका उनको उपचारको क्रममा मृत्यु भएको हो ।प्रहरीका अनुसार घाइते हिराकाजी गोपालीको काठमाडौं दीर्घायू अस्पतालमा उपचारको क्रममा शुक्रबार मृत्युभएको छ ।

कुटपिट गर्ने जयराम गोपालीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार