दक्षिण कोरियाको विमान दुर्घटनामा मृत्यु हुनेको संख्या ८५ पुग्यो

२०८१ पुष १४, आईतवार

काठमाडाैं : दक्षिण कोरियामा भएको विमान दुर्घटनामा मृत्यु हुनेकाे संख्या कम्तीमा ८५ पुगेको छ । दक्षिण कोरियाको अग्नि नियन्त्रण सेवाले जनाएअनुसार आइतबार बिहान भएकाे दुर्घटनामा मृत्यु हुनेकाे संख्या ८५ पुगेकाे हाे ।

काेरियाकाे न्याश्नल फायर एजेन्सीले मृतक मध्ये ४६ जना महिला र ३९ जना पुरुषहरू रहेको जनाएको छ। विमानमा १८१ जना सवार थिए जसमा १७५ यात्रु थिए भने छ जना चालक दलका सदस्य थिए ।

उद्धार कार्य अझै जारी रहेकाे कारण मृत्यु हुनेकाे संख्या अझै बढ्ने सम्भावना छ । केही व्यक्तिको जीवितै उद्धार गरिएको छ र उद्धार प्रयासहरू जारी रहेको एक जना अग्नि नियन्त्रकले रोएटर्स समाचार संस्थालाई भनेका छन्।

मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा विमान अवतरणका क्रममा दुर्घटनामा परेको थियो । उक्त विमान रन वेबाट उछिट्टिएको थियो र देशको दक्षिण पश्चिममा पर्ने मुआन अन्तर्राष्ट्रिय विमानस्थलको पर्खालमा ठोक्किएको थियो।

विमान थाइल्यान्डको ब्याङ्ककबाट फर्किरहेको थियो र उक्त दुर्घटना अवतरणको समयमा भएको विवरण आएका छन्।

तस्बिरहरूमा विमानको तल्लो भाग घिस्रिएको र त्यसले एउटा पर्खालमा ठक्कर दिएपछि पड्किएको देख्न सकिन्छ। चराहरूले अवतरण गराउने ‘ल्यान्डिङ गियर’ मा समस्या निम्त्याएको हुनसक्ने पनि भनिएको छ।

विमान दुर्घटना भएसँगै मुआन अन्तर्राष्ट्रिय विमानस्थलले सबै उडानहरू बन्द गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार