काठमाडौँ : सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका-२ जखौलीस्थित सडकमा बोलेरो दुर्घटना हुँदा त्यसमा सवार एक जनाको मृत्यु भएको छ।
प्रहरीका अनुसार ना.३ च ५९७६ नम्बरको बोलेरो अनियन्त्रित भई आइतबार बेलुकी दुर्घटना हुँदा हरिहरपुरगढीका २० वर्षीय कैलाश राईको मृत्यु भएको हो।
दुर्घटनामा गम्भीर घाइते भएका उनको हेटौंडास्थित चुरेहिल अस्पतालमा थप उपचारको क्रममा मृत्यु भएको हो।





