अमेरिकामा आँधीका कारण कम्तीमा ५ जनाको मृत्यु

२०८१ पुष २३, मंगलवार

काठमाडौँ : अमेरिकामा आएको भीषण हिउँदे आँधीका कारण कम्तीमा पाँच जनाको मृत्यु भएको छ। बीबीसीका अनुसार आँधीसँगै भएको भारी हिमपातका कारण अमेरिकाका केन्टकी, भर्जिनिया, वेस्ट भर्जिनिया, कान्सास, अर्कान्सास, न्यु जर्सी र मिसौरी राज्यले आपत्‌काल घोषणा गरेका छन्।

हिमपातका कारण यी राज्यका प्रायः राजमार्ग बन्द भएका छन् भने सयौँ उडान रद्द गर्नुपरेको छ। विद्यालयहरू पनि बन्द गरिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार