प्रिसेसनमै दोहोरो अंकले बढ्यो नेप्से, आजको कारोबार कस्तो रहला ?

२०८१ पुष २३, मंगलवार

काठमाडौं : साताको तेस्रो कारोबार दिन (मंगलबार)को प्रिओपन सेसनमा सेयर बजार परिसूचक (नेप्से) दोहोरो अंकले बढेको छ । प्रिसेसनमा १३.६५ अंकले बढ्दै नेप्से २६५४.३४ को बिन्दुमा उक्लिएको छ ।

दोहोरो अंकले परिसूचक बढ्दै गर्दा नेप्सेमा कारोबार रकम पनि बृद्धि भयो । १६ हजार २६ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम १ करोड १३ लाख ५५ हजार रुपैयाँको भयो । जुन केही प्रिओपन सेसनकै उच्च कारोबार हो ।

यो सेसनमा विशेषगरी बैंक, जलविद्युत र लघुवित्त क्षेत्रको कारोबार उच्च रह्यो । कारोबारमा आएका ८४ कम्पनीमध्ये ४१ को मूल्य बढ्यो भने २६ को मूल्य घट्यो । १७ कम्पनीको भने मूल्य स्थिर रह्यो ।

नेप्से केही कारोबार दिनदेखि नै उकालोमा छ । झिनो अंकले उकालोमा देखिएको नेप्सेमा सोमबार उच्च अंक (४९.१२ अंक)को बृद्धि भएको थियो । जसले मंगलबार प्रिसेसनलाई उत्साहित बनाएको देखिन्छ ।

प्रिसेसनमा परिसूचकमा भएको बृद्धि र कारोबार रकमलाई हेर्दा मंगलबार पनि नेप्सेमा उत्साहपूर्ण बृद्धि हुने देखिन्छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार