चैतसम्ममा सबै विधेयक पारित गर्न संयन्त्र बनाएर काम गरिरहेका छौं : गगन थापा

२०८१ पुष २३, मंगलवार

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले माघको पहिलो साताबाट सदन सुरू हुने बताएका छन् ।

‘संघीयता सबलीकरणको कसीमा प्रदेशका सवालहरू’ विषयक छलफल कार्यक्रममा बोल्दै यो सदनबाट अहिले समितिमा रहेका सबै विधेयक पारित गर्नेगरी काम गरिरहेको सुनाए ।

उनले भने, ‘दुई ठूला दल मिलेर बनेको सरकारलाई विधेयकहरू पारित गराउनको लागि सहजता छ । रोकिएर रहेको विधेयकहरूलाई अगाडि बढाउन हामीले संयन्त्र नै बनाएर काम गरिरहेका छौं । अहिले भएका सबै विधेयकहरूलाई चैत महिनाभित्र पारित गर्नुपर्छ । माघको पहिलो साताबाट सदन सुरू हुन्छ ।’

उनले १८/१९ वटा बाँकी विधेयक टुंग्याउनको लागि क्यालेण्डर नै बनाएर काम गरिरहेको बताए । उनले प्रदेश र स्थानीय सरकारलाई अधिकार सम्पन्न बनाएर जानुपर्छ भन्ने पक्षमा आफूहरू रहेको बताए । उनले संघीयताको पक्षमा आफूहरू रहेको भन्दै प्रदेश कायम रहने जिकिर गरे ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार