धनराजसँग सिआइबीले फेरी लियो साढे चार घण्टा बयान

२०८१ पुष २३, मंगलवार

काठमाडौँ : केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले मंगलबार नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङको फेरी बयान लिएको छ।

गुरुङलाई केन्द्रीय अनुसन्धान ब्युरोमा बोलाएर करिब साढे चार घण्टा सोधपुछ गरिएको सिआइबीका एसपी होविन्द्र बोगटीले जानकारी दिए ।यसअघि कार्तिक २८ मा प्रहरीले उनलाई सोधपुछका लागि बोलाएको थियो। ललितपुर महानगरपालिका वडा नम्बर–५ स्थित महालक्ष्मीस्थानमा सञ्चालित मितेरी बचतको रकम अपचलन घटनाको विषयमा सिआइबीले गुरुङसँग सोधपुछ गरिरहेको छ।

सहकारीको रमक हिनामिना गरेको भन्दै सहकारीको सञ्चालक समेत रहेकी धनराजकी पूर्वपत्नी ज्योति गुरुङसहित ५ जना विरुद्ध जाहेरी परेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार