डोटी : केआई सिंह गाउँपालिका–६ लामडाँडास्थित जंगलमा एक महिलाको शव भेटिएको छ । शवको पहिचान हुन सकेको छैन ।
मंगलबार बिहान ५ः०० बजे शव जंगलमा रहेको स्थानीयले थाहा पाएका थिए । स्थानीयले प्रहरीलाई खबर गरेपछि अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय डोटीबाट टोली खटिएको थियो । शव अत्यधिक सडिसकेकोले पहिचान गर्न सकिने अवस्था नरहेको प्रहरी उपरीक्षक विनोद शर्माले बताए ।
शवसँगै फेला परेका लत्ता–कपडाहरू समेत थप अनुसन्धानका लागि संकलन गरिएको छ ।





