अग्रवाल र गोल्यानलाई कुनै धम्की दिएको छैन : दुर्गा प्रसाईं

२०८१ पुष २४, बुधबार

काठमाडौँ : मेडिकल व्यवसायी दुर्गा प्रसाईंले आफ्ना समर्थक परिचालन गरेर व्यवसायी पवन कुमार गोल्यान र दीपेन्द्र अग्रवाललाई धम्की दिएको आरोप अस्वीकार गरेका छन् ।

केन्द्रीय अनुसन्धान ब्यूरो (सीआई)का अनुसन्धान अधिकृतहरूसँगको बयानमा उनले सो कुरा अस्वीकार गरेका हुन् । झापामा बस्दै आएका हरिचन्द्र फुयललाई प्रयोग गरेर व्यापारी र राष्ट्र बैंकका अधिकृतहरूलाई धम्क्याएको आरोपबारे उनले भनेका छन्, ‘दीपेन्द्र अग्रवाल र पवन कुमार गोल्यानलाई कुनै किसिमको धम्की दिएको छैन, आपराधिक काम गर्न कसैलाई निर्देशन र रकम दिएको छैन ।’

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई धम्की नदिएको र धम्क्याउन कसैलाई निर्देशन नदिएको उनले जिकिर गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार