संविधान संशोधनको एजेण्डामा सहमति आवश्यक : पूर्ण बस्नेत

२०८१ पुष २६, शुक्रबार

काठमाडौं : जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले संविधान संशोधनको एजेण्डामा छलफल र सहमति आवश्यक रहेको बताएका हुन् ।

बस्नेतले संविधानमा मुख्य गरी शासकीय स्वरुप, निर्वाचन प्रणाली, संघीय संरचनालगायतका एजेण्डामा सर्वदलीय र सर्वपक्षीय छलफल र सहमति हुनुपर्नेमा जोड दिएका हुन् ।   ‘संविधान संशोधनको विषय कांग्रेस, एमालेको मात्र सरोकारको विषय हैन, यो आम नागरिकको सवाल हो । कांग्रेस एमालेले भनेजस्तो सरकारको स्थायीत्वको लागि संविधान संशोधन गर्ने भन्ने कुरा संकीर्ण धारणा हो, यसले मुलुकलाई निकास दिन सक्दैन,’ बस्नेतले भने ।

सुशासनको प्रत्याभूति, वर्गीय र जातिय विभेदको अन्त्य, उत्पीडित समुदायको अधिकार सुनिश्चित हुने गरी संविधान संशोधन हुनुपर्ने उनको धारणा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार