बलियो राष्ट्रवादी शक्ति निर्माण गरेरै छोड्छु : कमल थापा

२०८१ पुष २७, शनिबार

काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले बलियो राष्ट्रवादी शक्ति निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । आज (शनिबार) पृथ्वीनारायण शाहको ३०३ औं जन्मजयन्तीको अवसरमा आयोजित जलपान समारोहमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

उनले राष्ट्रनिर्माताले राष्ट्रिय एकीकरण गर्नुका साथै राज्यका सञ्चालनको निम्ति आर्थिक, सामाजिक, कूटनीतिक विषयमा जुन महत्वपूर्ण मार्गदर्शन अहिले पनि सान्दर्भिक रहेको उल्लेख गरे । उनले नेपाली नाम र पहिचान दिएको भन्दै राष्ट्रनिर्माताप्रति कृतज्ञता व्यक्त गरे ।

थापाले भने, ‘हामीलाई नेपाली नाम र पहिचान दिनुभएकोमा राष्ट्रनिर्माताप्रति कृतज्ञता समेत व्यक्त गर्न चाहन्छु ।राष्ट्र निर्माताले राष्ट्रिय एकीकरण गर्नुका साथै राज्यका सञ्चालनका निम्ति आर्थिक, सामाजिक, कूटनीतिक विषयमा जुन महत्वपूर्ण मार्गदर्शन अहिले पनि सान्दर्भिक छ । हामी सबैले त्यसको चिन्तन, मनन गर्नुपर्छ । एउटा बलियो राष्ट्रवादी शक्ति निर्माण गरेर छोड्छु ।’ अध्यक्ष थापाले विचार, सिद्धान्त मिल्नेसँग पार्टी एकता गर्ने पनि बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार