काठमाडौं : काठमाडौं महानगरपालिका– ३२ कोटेश्वर आकासे पुल नजिक रोकिराखेको बसमा ठोक्किएर मोटरसाइकल चालकको मृत्यु भएको छ ।
सोमबार राति पार्किङ गरी राखेको बा.३ख ४८६५ नम्बरको बसमा बा.५२ प ३३०५ नम्बरको मोटरसाइकल ठक्कर खाई दुर्घटना हुँदा मोटरसाइकल चालक सिन्धुपाल्चोक घर भई भक्तपुर सूर्यविनायक बस्ने ४० वर्षीय राम तामाङको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका उनको राष्ट्रिय ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार एक जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।





