काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने रिहा भएका छन् ।
जिल्ला अदालत काठमाडौंले मागेको ६० लाख धरौटीको बैंक ग्यारेन्टी गरे पछि उनी रिहा भएका हुन् । उनी रिहा भए पछि उनका कार्यकर्ताले खुसीयाली मनाएका छन् ।
उनले निस्कदै गर्दा छोटो प्रतिक्रिया दिएका छन्, ‘सबै सबै जनालाइ धेरै धेरै धन्यबाद, म न्याय प्रकियामा सघाउन आएको भनेको थिएँ, अदालत प्रति सम्मान ब्यक्त गर्न चाहान्छु, न्याय प्रेमी जनतालाइ धन्यबाद दिन चाहान्छु, न्यायलयलाइ विशेष धन्यबाद दिन चाहान्छु, यो देशमा न्याय मरेको छैन, सबैलाई धन्यवाद छ ।’





