दाहालले घुमाउरो भाषामा मागे प्रधानमन्त्रीको राजीनामा

२०८१ माघ ४, शुक्रबार

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेका छन्।

शुक्रबार विपक्षी दलको बैठकपछि संयुक्त पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष दाहालले प्रधानमन्त्रीको राजीनामा मागेका हुन्।

‘सरकारले जे भनेर गठबन्धन गर्दा घोषणा गरेको थियो, ती कामहरू केही पनि भएका छैनन्। संविधान संशोधन त प्रधानमन्त्री आफैले २०८७ मा मात्रै हुन्छ भनिसकेपछि र अन्य सुशासन र अन्य भनिएका कुराहरू पनि ठिक उल्टो गतिविधि गरिसकेपछि नैतिक रुपमा सरकारले सरकारमा बसिरहनु आधार गुमाएको छ,’ दाहालले भने, ‘यसो भन्नु हामीले सरकार खोजेको अर्थ लाग्दैन। सरकारले नैतिक आधार गुमाएको छ। नैतिकताका आधारमा भन्ने नै हो भने सरकारले राजीनामा दिनु उचित हुन्छ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार