कांग्रेस नेता महत दिल्ली प्रस्थान

२०८१ माघ ५, शनिबार

काठमाडौँ : नेपाली काँग्रेसका नेता डा. प्रकाशशरण महत भारतको नयाँ दिल्ली प्रस्थान गरेका छन् ।

भोली आइतबार आयोजना हुने नेपाली काँग्रेस निकट नेपाल जनसम्पर्क समितिको वार्षिक भेलालाई सम्बोधन गर्न उनी दिल्ली उडेका हुन् । समितिले नेपाल–भारत सम्बन्ध बीपी विचार प्रवासी समस्या विषयक अन्तरक्रिया कार्यक्रमको आयोजना पनि गरेको छ । सो कार्यक्रममा उनले प्रमुख अतिथिको रूपमा सम्बोधन गर्ने कार्यक्रम रहेको उनका निजी सचिवालयले जनाएको छ ।

नेता महत सोमबार नेपाल फर्किने कार्यक्रम रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार