काठमाडौं : किक्रेटर सन्दीप लामिछानेले राष्ट्रिय टिमबाट सन्यास लिएको आशय व्यक्त गरेका छन् ।
गए मध्यराति आफ्नो आधिकारिक फेसबुक पेजमा एक पोस्ट लेख्दै उनले सबैलाई धन्यवाद दिएका छन् । राष्ट्रिय टिमबाट सन्यास लिएको भन्ने प्रष्ट शब्द उल्लेख नगरेपनि उनको पोस्टको आशय त्यही छ । उनको पोस्टमा समर्थकहरूले निवृत्त जीवन सफल रहोस् भनेर शुभकामना दिएका छन् । कतिपयले भने सन्दीपले घुर्की दिएको भनेर प्रतिक्रिया जनाएका छन् ।
सन्दीप नेपाली राष्ट्रिय टोलीको कप्तान भइसकेका क्रिकेटर हुन् । हालै सम्पन्न नेपाल प्रिमियर लिगमा उनले विराटनगर किंग्सको कप्तानी गरेका थिए भने जय ट्रफीमा बागमतीको कप्तानी गरेका थिए ।






