अराजक र आपराधिक मान्छेमाथि तत्काल कारबाही होस् : नेपाली कांग्रेस

२०८१ माघ ६, आईतवार

काठमाडौँ : नेपाली कांग्रेसले पूर्व मुख्यमन्त्री उद्धव थापामाथि आक्रमण गर्नेलाई कारबाहीको माग गरेको छ। पार्टीका कोशी प्रदेश सभापति एवं संसदीय दलका नेता समेत रहेका थापामाथि शनिबार झापामा आक्रमण गरिएको थियो। आइतबार बिहान एक विज्ञप्ती जारी गर्दै नेपाली कांग्रेसले निन्दा पनि गरेको छ।

नेपाल प्रेस युनियन झापाको कार्यक्रमबाट फर्कदै गर्दा कन्काई नगरपालिकाको सुरुङ्गा नजिक उनीमाथि आक्रमण भएको थियो। उनको निधारमा चोट लागेको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार थापामाथि आक्रमण गर्ने दुई जना पक्राउ परेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार