१७ जना सवार डुंगा पल्टियो, ३ जनाको मृत्यु, केही बेपत्ता

२०८१ माघ ६, आईतवार

काठमाडौं : भारत बिहारको कटिहार जिल्लामा आइतबार बिहान ठूलो डुंगा दुर्घटना भएको छ।

कटिहारको अमदाबाद क्षेत्रस्थित गंगा नदीमा डुंगा पल्टिँदा धेरै व्यक्ति नदीमा डुबेका छन्। डुंगामा १७ जना सवार रहेका भारतीय सञ्चारमाध्यमले जनाएका छन् । जसमा तीन जनाको शव फेला परिसकेको छ भने अन्य धेरैजना हराइरहेका छन्। चार जनाले पौडी खेलेर आफ्नो ज्यान जोगाएका छन्। सबै यात्रु दक्षिणी करिमुल्लापुरको मेघू घाटबाट डुंगामा चढेका थिए र गद्दाई दियारा जाँदै थिए।

दुर्घटनाको जानकारी पाएपछि एसडीआरएफ (राज्य आपतकालीन उद्धार बल) र प्रहरी घटनास्थलमा पुगेका छन् र हराइरहेका व्यक्तिहरूको खोजी जारी छ। घटनास्थलमा ठूलो संख्यामा स्थानीय बासिन्दा पनि भेला भएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार