स्कुल बसको ठक्करबाट साइकल यात्रीको मृत्यु

२०८१ माघ ८, मंगलवार

वीरगञ्ज : स्कुल बसको ठक्करबाट मंगलबार वीरगञ्जमा एक जना साइकल यात्रीको मृत्यु भएको छ ।

तेजस एकेडेमीको ना५ख १५०४ नम्बरको स्कुल बसको ठक्करले बाराको फेटा गाउँपालिका-५ का ४५ वर्षका तैयामोदिन मिया अन्सारीको मृत्यु भएको हो । उक्त बसले साइकल यात्री अन्सारीलाई वीरगञ्ज महानगरस्थित बाइपासमा ठक्कर दिएको थियो । बसको ठक्करले गम्भीर घाइते भएका अन्सारीको उपचारको लागि नारायणी अस्पतालमा पुर्‍याउने क्रममा बाटोमा नै मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले जनाएको छ ।

पर्साका ट्राफिक प्रहरी प्रमुख लोकराज भट्टले सवारी दुर्घटनामा संलग्न चालक देवा पासवान र  बसलाई नियन्त्रणमा लिएर आवश्यक कारबाही प्रक्रिया अघि बढाइएको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार