श्रीमती र कानून व्यवसायीको जिम्मामा रविलाई छाडियो

२०८१ माघ ९, बुधबार

रुपन्देही : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई जिल्ला अदालत रूपन्देहीले कानुन व्यवसायी र परिवारको जिम्मा लगाएर छाडेको छ।

रुपन्देही जिल्ला अदालतका न्यायाधीश प्रल्हादकुमार योगीको इजलासले उनलाई भोलि उपस्थित हुने सर्तमा पत्नी निकिता र कानून व्यवसायीको जिम्मा लगाउन आदेश दिएको हो । बुटवलको सुप्रिम सहकारीको रकम ठगीको आरोपमा दायर भएको मुद्दामा बयान दिनका लागि उनी बुधबार अदालत उपस्थित भएका थिए ।

बुधबार उनको बयान सकिएको छ । बिहीबारबाट उनको थुनछेक बहस सुरु हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
2
+1
1

ताजा समाचार