कर्जा सुरक्षण कोषका सीईओ घिमिरे ‘ग्लोबल एक्सेलेन्स इन लिडरसिप अवार्ड’बाट सम्मानित

२०८१ माघ ९, बुधबार

काठमाडौं : निक्षेप तथा कर्जा सुरक्षण कोषका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रमेश घिमिरेले ‘ग्लोबल एक्सेलेन्स इन लिडरसिप अवार्ड’ बाट सम्मानित भएका छन् ।

इन्टरनेसनल अवार्ड फोरम युनाइटेड स्टेट अफ अमेरिका (टिफ–युएसए)को आयोजनामा नयाँ दिल्लीमा भएको कार्यक्रममा घिमिरेले अन्तर्राष्ट्रियस्तरको पुरस्कार पाएका हुन् । उनले आफ्नो क्षेत्रमा गरेको योगदानको आधारमा यो अवार्ड प्रधान गरिएको घिमिरेले जानकारी दिएका छन् ।

घिमिरेले आफ्नो पेशागत यात्रा एनआईसी एशिया बैंक देखि सुरु गरेका हुन । साथै, दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको निर्देशकसमेत रहेका उनी नेपाल एसबिआई मर्चेन्ट एण्ड बैंकिङको समेत सीईओ भइसकेका व्यक्ति हुन् । अहिले कोषमा उनले व्यवस्थापकको भूमिका निर्वाह गर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार